भारतमा निजी क्षेत्रले पनि रकेट लञ्च गर्न पाउने
एजेन्सी। अब भारतमा पनि निजी कम्पनीले रकेट लञ्च गर्न पाउने भएका छन्। भारतको स्पेस डिपार्टमेन्टले निजी कम्पनीलाई पहिलोपटक रकेट लञ्च गर्ने अनुमति दिएको हो। योसँगै अमेरिकामा जस्तै भारतमा पनि निजी कम्पनीले पनि रकेट लञ्च गर्न पाउनेछन्। निजी क्षेत्रले भारतको तामिलनाडु राज्यमा स्पेसपोर्ट बनाउने अनुमति पाएका छन्। यसले भारतलाई अन्तरिक्ष क्षेत्रमा थप एक कदम अगाडी धकेलेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्