अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ३५ अर्ब नाघ्यो
काठमाडौं। ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ३५अर्ब २६ करोड ५५ लाख ८३ हजार रुपैयाँ पुगेको छ। सो व्यापार घाटा नेपालले चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ११ महिनामा ब्यहोरेको हो। भन्सार विभागकाअनुसार सो अवधिमा अर्जेन्टिनाबाट३५ अर्ब २६ करोड ७५ लाख४५ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। सो अवधिमा मात्र १९ लाख ६२ हजार रुपैयाँको वस्तु अर्जेन्टिनामा निर्यात गरिएको छ।
प्रतिक्रिया दिनुहोस्