काठमाडौं। मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर वितरणका लागि नागरिक लगानी कोषसँग सम्झौता गरेको छ।
आज भएको सम्झौता अनुसार सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशत शेयर छुट्टयाइएको छ। जसअनुसार, प्रतिकित्ता एक सय रुपैयाँ दरका ६० लाख कित्ता सेयर जारी हुनेछ।
यसैगरी, सर्वसाधारणका लागि छुट्टयाएको १५ प्रतिशत शेयर अन्तर्गत ९० लाख कित्ता शेयर पनि नागरिक लगानी कोषमार्फत् जारी हुनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको लागि गरी कूल एक करोड ५० लाख कित्ता सेयर जारी हुने मध्यभोटेकोशी जलविद्युत आयोजनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उक्त सेयर जारी गर्दाको एक अर्ब ५० करोड बराबरको सेयर मूल्यको प्रत्याभूतिका लागि आयोजनाले नागरिक लगानी कोषसँग सम्झौता गरेको छ।
आयोजनाका कार्यकारी अधिकृत मणिकुमार दाहालका अनुसार संस्थापक सेयरधनीतर्फ छुट्याइएको ५१ प्रतिशत शेयरको शतप्रतिशत रकम असुल भइसकेको छ।
" /> काठमाडौं। मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर वितरणका लागि नागरिक लगानी कोषसँग सम्झौता गरेको छ।आज भएको सम्झौता अनुसार सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशत शेयर छुट्टयाइएको छ। जसअनुसार, प्रतिकित्ता एक सय रुपैयाँ दरका ६० लाख कित्ता सेयर जारी हुनेछ।

">