सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
धनगढी। सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपा र एमाले ओली समूहको असहमतिबीच सुदूरपश्चिम सरकारको बजेट पारित भएको हो।सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट पारित भएको हो। बजेटमाथिको छलफलका क्रममा सत्तारुढ एमाले र माओवादी केन्द्रकै सांसदले विरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस्