आरबीबी म्युचुअल फण्ड असार २३ देखि सर्वसाधारणकोलागि विक्री
काठमाडौं। आरबीबी म्युचुअल फण्ड–१ शेयर असार २३ गतेबाट सर्वसाधारणका लागि बिक्री गरिने भएको छ। आरबीबी म्युचुअल फण्डअन्तर्गतका शेयरहरु असार २७ गतेसम्म निष्काशन गरिनेछ। प्रतिकित्ता १० रुपैयाँको दरले १० करोड इकाइ जारी गरिने कित्ता शेयरको कुल निष्काशनमध्ये १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत आरबीबी मर्चेन्ट बैकिङलाई तथा बाँकी ८५ प्रतिशत सर्वसाधारणको लागि छुट्याईएको हो।
प्रतिक्रिया दिनुहोस्