बंगलादेशले नेपालबाट ७०० मेगावाटा विद्युत आपूर्ति गर्ने, अर्को महिना सम्झौतामा हस्ताक्षर हुने
काठमाडौं। बंगलादेशले नेपालबाट करिब ७०० मेगावाटा विद्युत खरिद गर्ने निर्णय गरेको छ। भविष्यमा देशभित्र हुनसक्ने विद्युतको मागलाई ध्यान दिँदै बंगलादेशले नेपालबाट विद्युत खरिद गर्ने निर्णय गरेको हो। बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिदले आइतबार पत्रकारहरुसँग कुरागर्दै विद्युत खरिदको लागि अर्को महिना नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गर्ने बताए। यसका लागि नेपालको जलविद्युत क्षेत्रमा लगानीसमेत गर्ने उनले जनाए।
प्रतिक्रिया दिनुहोस्