रेमिट टू नेपालको चौथो वार्षिक साधारणसभा सम्पन्न
<p>काठमाडौं। रेमिट्यान्सको कारोबार गर्दै आएको कम्पनी रेमिट टू नेपाल प्रालिले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। </p>
<p>कम्पनीले दशैं तिहारका बेला आयोजना गरेको रेमिट टू नेपाल फेस्टिभल क्यास बोन्जा अफरका विजयीलाई साधारणसभाको अवसरमा पुरस्कार वितरण तथा सम्मान गरेको छ।</p>
<p>उक्त फेस्टिभल अफरमा दाङको बाल्मिकी ट्रेडर्स पहिलो, मोरङको पाण्डे मनि ट्रान्सफर दोस्रो, झापाको एजी मनि ट्रान्सफर तेस्रो, काभ्रेको एक्सप्रेस मनि सोलुसन तथा ट्राभल्स चौथो र काठमाडाैंकाे एग्रीमोर बचत तथा ऋण सहकारी पाँचौ भएको कम्पनीका विजनेश डेभलपमेन्ट म्यानेजर दिनेश चालिसेले बताए। </p>
<p>दुवई, मलेसिया, जापान, कोरिया, कुवेत बहराइन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएकोउक्त कम्पनीको देशभर आठ हजारभन्दा बढी शाखा सञ्जाल रहेको चालिसेले जानकारी दिए। </p>
प्रतिक्रिया दिनुहोस्