जलविद्युतमा चीनको चमत्कारः विश्वकै दोस्रो ठूलो जलविद्युत परियोजनाको काम सुरु बीबीसी। चीनले निर्माण गरेको विश्वको दोस्रो ठूलो जलविद्युत परियोजनाले कार्य सुरु गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा यसै साताबाट यो परियोजना सञ्चालनमा ल्याइएको हो। जिङ्शा नदीमा २८९मिटर अग्लो बाँध बनाई विद्युत उत्पादन सुरु गरिएको हो। उक्त परियोजनाको क्षमता दशलाख किलोवाट रहेको छ। बाँधमा १६वटा जेनेरेटिङ युनिट्स रहेका छन्। विश्वको सबैभन्दा ठूलो जलविद्युत परियोजना पनि चीनमै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्