एलजीले दक्षिण कोरियामा रहेका आफ्नो शपमार्फत आईफोन बेच्ने निर्णय गरेपछि सामसङको विरोध
एजेन्सी। टेक कम्पनी एलजीले दक्षिण कोरियामा रहेका आफ्नो शपमार्फत आईफोन बेच्ने निर्णय गरेपछि दक्षिण कोरियाको अर्को विशाल टेक कम्पनी सामसङले आफूहरुबीच सन् २०१८मा भएको सम्झौताको उल्लंघन भएको भन्दै त्यसको विरोध गरेको छ। सम्झौताअनुसार एलजीका स्टोरबाट एलजीका मात्रै र सामसङका स्टोरबाट सामसङका फोनहरुमात्र बेच्न सकिनेछ। दक्षिण कोरियामा ४ सयभन्दा बढी एलजी स्टोरहरुबाट आईफोन स्मार्टफोन बिक्री हुँदा सामसङलाई ठूलो धक्का लाग्नेछ।
प्रतिक्रिया दिनुहोस्