काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को बाह्रौँ वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ।
साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकममध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।
टेलिकमले आर्थिक वर्ष २०७५/७६ मा कर तथा गैरकरवापत सरकारी राजश्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको थियो। साधारण सभामा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले टेलिकमको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको बताए।
बाह्रौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम १ माघेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको प्रवक्ता बैद्यले जानकारी दिइन्।
" /> काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को बाह्रौँ वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ।साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकममध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्।

">