एनआईसीले दुईओटा कम्पनीको संस्थापक सेयर बेच्ने काठमाडौं। एनआईसी एसिया बैंकले दुई वटा कम्पनीमा रहेको संस्थापक सेयरको स्वामित्व बेच्ने भएको छ। कम्पनीले नेश्नल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० रुपैयाँमा २५ हजार ९६६ कित्ता सेयर बेच्ने भएको हो। यस्तै सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५० हजार ३६९ कित्ता संस्थापक सेयर प्रतिकित्ता १२ सय रुपैयाँमा बेच्ने जानकारी दिएको छ। सेयर किन्न इच्छुकले असार २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्