एघार महिनामा भारतबाट भित्रियो १ खर्ब ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजारको डिजेल,पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ।भन्सार विभागका अनुसार सो अवधिमा ७९ अर्ब ४५ करोड ३ लाख ७८ हजारको डिजेल,२८ अर्ब ८० करोड २ लाख २५ हजारको पेट्रोल र ३३ अर्ब १५ करोड ८ लाख १९ हजारको एलपीजी ग्यास भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्