माथिल्लो तामाकोशीको बिजुली असार २१ बाट बल्ने
काठमाडौं। दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट असार २१ गते (सोमबार)देखि बिजुली बल्ने भएको छ। आयोजनाले सोमबारदेखि नै एउटा युनिटबाट बिजुली बाल्ने तयारी थालेको हो। पेनस्टक पाइप जडानको काम सफलतापूर्वक सकिएपछि आयोजनाले सुरुङमा पानी हालेर परीक्षण सम्पन्न गरिसकेको छ। यस्तै आयोजनाको टरवाइनको परीक्षणसमेत भइरहेको आयोजनाले बताएको छ। आयोजनामा कुनै समस्या नआए पहिलो चरणमा ७६ मेगावाट बिजुली बल्नेछ।
प्रतिक्रिया दिनुहोस्