अबदेखि चिठ्ठीपत्र नेपाल एयरलाइन्सले बोक्ने काठमाडौं। अहिलेसम्म थाई एयरलाइन्सले बोक्दै आएको चिठ्ठीपत्र अबदेखि नेपाल एयरलाइन्सले बोक्ने भएको छ। एयरलाइन्स र हुलाक सेवा विभागबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय चिठ्ठी पत्र एयरलाइन्सले बोक्ने भएको हो। यसबाट नेपालको करोडौं रुपैयाँ विदेशीनबाट जोगिने विभागले जानकारी दिएको छ। यो सम्झौता सन् २०२१ को जुलाई १ देखि लागू हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्