नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त काठमाडौं। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। मैनाली आज नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन्। उनले आजैबाट पद सम्हालेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। यसअघिका नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको चार वर्षको कार्यकाल सकिएपछि मैनाली जिम्मेवारी पाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्