युनियन लाईफको आईपीओ २४ गतेदेखि काठमाडौं। युनियन लाईफ इन्स्योरेन्सले असार २४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो। जसमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ५८ लााख ५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यसमा २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्