मनकामना लघुवित्तको आईपीओ भोलिदेखि
काठमाडौं। भोलि बिहीबारदेखि मनकामना लघुवित्तको साधारण सेयर(आईपीओ) निष्कासन हुने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १२ लाख ११ हजार ५०० कित्ता बराबरको सेयर निष्काशन गर्न लागेको हो। यसमा लगानीकर्ताले असार २१ गतेभित्र आवेदन दिन सक्नेछन्। जसमध्ये सर्वसाधारणले ३ लाख ६३ हजार ४९२ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्