८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेटको सेवा रासस। नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुगेको पाइएको छ। नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७/७८को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म)को तथ्यांकअनुसार नेपालमा ८८दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–०३०)लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा कुल जनसंख्या दुईकरोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्