एनएमबी बैंकले बिनाधितो दुई लाख कर्जा दिने
काठमाडौं। एनएमबी बैंकले एनएमबी सापटी योजनाअन्तर्गत बिनाधितो कर्जा दिने भएको छ। बैंकले व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मकोे अवधिसहित २ लाख रुपैयाँसम्म कर्जा दिने भएको हो। यो योजना आफ्ना ग्राहकहरुको ब्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिका लागि ल्याएको बैंकले बताएको छ। कर्जाका लागि मोबाइलबाटै आवेदन दिन सकिने बताइएको छ। आवेदन दिएको ५ मिनेटमा नै कर्जा स्वीकृत हुन्छ।
प्रतिक्रिया दिनुहोस्