प्रतिकिलो ७० रुपैयाँ पुग्यो प्याजको मूल्य काठमाडौं। उपत्यकामा भान्साको मूल्य फेरि बढ्न थालेको छ। निषेधाज्ञा खुलेपछि उपत्यकामा तरकारीको मूल्य बढेसँगै भान्सा महँगो हुन थालेको हो। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सुकेको प्याजको प्रतिकिलो थोक मूल्य ५१ रुपैयाँ पुगेको छ। जेठ महिनाको १८ गते यसको मूल्य प्रतिकिलो ४६ रुपैयाँ कायम थियो। यस्तै अहिले खुद्रा बजारमा प्याजको मूल्य किलोको ७० रुपैयाँसम्म पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्