प्रहरीलाई बिनाधितो ऋण दिँदै वाणिज्य बैंक काठमाडौं। नेपाल राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीका कर्मचारीलाई बिनाधितो ऋण दिने भएको छ। जसअनुसार अबको पाँच वर्षसम्म बैंकले सबै प्रहरीलाई बिनाधितो ऋण दिने बताएको छ। प्रहरी र वाणिज्य बैंकबीच भएको सम्झौताअनुसार आगामी ५ वर्षसम्म बैंकमा प्रहरीहरुको तलवी बचत खाता सञ्चालन समेत हुनेछ। दुई कम्पनीबीचको सम्झौतामा प्रहरीका महानिरीक्षक निरजबहादुर शाही र बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्