बीआईएसको ९१औं बैंठकमा कोभिडबाट परेको असरबारे समीक्षा
काठमाडौं। बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस)को ९१औं बैंठक सम्पन्न भएको छ। कोभिड–१९ बाट विश्व अर्थतन्त्रमा परेको असर र यसबाट बच्ने उपायका विषयमा बैठकले छलफल गरेको छ। असारको १४ र १५ गते चलेको भर्चुअल बैठकमा बैंक अफ इङ्गल्याण्ड र बैंक अफ क्यानडाका पूर्व गभर्नर लगायतको सहभागिता थियो। बैठकमा विश्वका बैंकहरुलाई कोभिडबाट परेको असरबाट कसरी उकास्ने लगायतका विषयमा समेत छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्