सेयर बजारमा १९ अंकको वृद्धि
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १९ अंकले बढेको छ। कारोबार समयदेखि नै उकालो लाग्ने थालेको नेप्से परिसूचक बन्द हुँदासम्म दोहोरो अंकले बढेर २८ सय ४३ अंकमा पुगेको हो। यस क्रममा आज ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड ३८ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ।
प्रतिक्रिया दिनुहोस्