राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन : वरिष्ठ अधिवक्ता महतो काठमाडौं। वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क राखेका छन्। “दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ। आधार पनि कानूनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देउभन्दा राष्ट्रपतिलाई आधार लागेन,” आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्दै वरिष्ठ अधिवक्ता महतोले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्