आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं जिल्लामा ३१६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या २ लाख ४ हजार ९०६ जना पुगेको छ। संक्रमितमध्ये १ लाख ९८ हजार १५ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८८० जनाको मुत्यु भएको छ। आज काठमाडौं सक्रिय संक्रमितको संख्या ५११ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्