बाढी–पहिरोले क्षति गरेका संरचनाको पुनर्निर्माण कार्ययोजना तीन दिनभित्र तयार पारिने काठमाडौं। बाढी–पहिरोले क्षति गरेको सार्वजनिक पूर्वाधार र संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धि कार्ययोजना तीनदिनभित्र सरोकारवाला निकायले तयार पार्ने भएका छन्। गृहमन्त्री विष्णुप्रसाद पौडेलेका अध्यक्षमा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा सरोकारवाला निकायहरुले उक्त प्रतिबद्धता जनाएका हुन्। बैठकमा मन्त्री पौडेलले विपद्बाट हुन सक्ने जनधनको क्षतिलाई कम गर्न खोज,उद्धार र राहतका कामहरु समन्वयात्मक र प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्