सरकारले दियो विपद् पीडितलाई नीजि आवास पुनर्निर्माण गर्न २ करोड ८६ लाख
काठमाडौं। सरकारले यसवर्षको मनसुनबाट घर क्षति भई पुनर्निर्माण गर्नुपर्ने विपद् पीडित लाभग्राहीलाई नीजि आवास पुनर्निर्माण गर्न दुईकरोड८६ लाख रुपैयाँ निकासा गरेको छ। उक्त रकम लाभग्राहीलाई वितरण गर्ने प्रक्रियामा रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनाएका छन्। बाढी पहिरो पीडितको नीजि आवास पुनर्निर्माण कार्यलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उच्च प्राथमिकतामा साथ अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्