स्टार्टअप व्यवसायीलाई प्रोत्साहन गर्दै मन्त्रालय
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप व्यवसायीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले नवप्रवर्तनकारी उद्यमी र संस्था व्यवसायलाई नै प्रोत्साहन गर्ने भएको हो। यसका लागि मन्त्रालयले व्यवसायी र संस्थाको आवेदन माग गरेको छ। आफू र आफ्नो संस्थाले गरिरहेको कामको विस्तृत जानकारीसहित मन्त्रालयमा स्टार्टअप व्यवसायीले आवेदन पेस गर्नुपर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्