भुटानसँग नेपालको व्यापार घाटा ५० करोड काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा नेपालले भुटानसँग ४९ करोड ८३ लाख रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। साउनदेखि जेठसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको व्यापार घाटा ब्यहोरेको हो। यस अवधिसम्म नेपालबाट भुटानतर्फ जम्मा ६१ करोड ९३ लाख रुपैयाँको निकासी भएको छ। भुटानबाट नेपालतर्फ भने एक अर्ब ११ करोड रुपैयाँमा आयात भएको भन्सार विभागले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्