अवरुद्ध कर्णाली करिडोर खुला
रासस। कर्णाली करिडोरअन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ। निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो। कर्णाली करिडोरमा आएको सुक्खा पहिरो आज बिहान पन्छाएपछि करिडोर खुलेको र यातायातका साधन चल्न थालेको सान्नी त्रिवेणी गाउँपालिकाले जनाएको छ। कर्णाली राजमार्ग अवरुद्ध भएको करीब१२ दिनपछि खुला भएको हो।
प्रतिक्रिया दिनुहोस्