पुनर्निर्माण गर्न नसकेका भूमिहीनले भदौसम्म जग्गा खरिद गर्नुपर्ने, नत्र घर बनाउन अनुदान नपाउने
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको आज बसेको बैठकले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेको भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८भदौ मसान्तसम्म जग्गा खरिदको कार्य सम्पन्न गर्न आग्रह गरेको छ । यस्ता लाभग्राहीले कार्तिक मसान्तसम्म अनुदानका किस्ता लिनेगरी घर निर्माण गर्न पाउनेछन्। यसअघि असार १०गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्राधिकरण निर्देशक समितिको बैठक बसेको थियो।
प्रतिक्रिया दिनुहोस्