८ लाख ५८ हजार २८२ जना पुनर्निर्माण लाभग्राही निर्क्यौल
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबारसम्म आठलाख ५८हजार २८२ जना पुनर्निर्माण लाभग्राही निर्क्यौल भएको बताएको छ। लाभग्राहीमध्ये ९५.३७ प्रतिशत अर्थात् आठलाख १८हजार ६२४ले अनुदान सम्झौता गरिसकेको प्राधिकरणले जनाएको छ। अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी आठलाख १६हजार ६७० (९९.७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी सातलाख २७हजार ३२८ (८८.८४ प्रतिशत)र तेस्रो किस्ता लिने घरधुरी छलाख ६५हजार २३३ (८१.२६ प्रतिशत) पुगेका छन्।
प्रतिक्रिया दिनुहोस्