सेफ सन्तोष शाह नेपाली परिकारसम्बन्धी पुस्तक ‘ऐला’ लेख्दै
बीबीसी मास्टर सेफ प्रोफेसनल्स युके–२०२० का उपविजेता सन्तोष शाहले नेपाली परिकारलाई विश्व बजारमा चिनाउन पुस्तक लेख्ने भएका छन्। सन्तोषले आज ट्वीटरमा लेखेका छन्, “म मेरो पहिलो पुस्तक लेख्दै छु भनेर घोषणा गर्न पाउँदा निकै खुसी छु। यो अर्को वर्षको बसन्तमा प्रकाशित हुनेछ।” उनले पुस्तकको नाम ‘ऐलाः अ फिस्ट अफ नेपलिज् डिसेज फ्रम टराई, हिल्स एण्ड माउन्टेन’ राखेका छन्।
प्रतिक्रिया दिनुहोस्