ल्याटिन अमेरिका देखि अफ्रिकासम्मबाट आउँछ नेपालमा मकै, यो वर्ष साढे १४ अर्बको भित्रियो
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एघार महिनामा १४ अर्ब ४८ करोड ३० लाख ५९ हजार रुपैयाँको मकै नेपालमा भित्रिएको छ। भन्सार विभागकाअनुसार ५३ करोड ९० लाख २५ हजार ५९४ केजी मकै नेपाल भित्रिएको हो। ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिना, ब्राजिलदेखि अफ्रिकी राष्ट्र नाइजेरिया, दक्षिण अफ्रिकासम्मबाट आउने गरेको छ। नेपालमा सबैभन्दा बढी मकै भारतबाट आउने गरेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्