यस्तो छ आज डलरको मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९.२९ रुपैयाँ र बिक्री मुल्य ११९.८९ रुपैयाँ कायम गरेको छ। यसैगरी केन्द्रीय बैंकले आज एक युरोको खरिद मूल्य १४१.०३ रुपैयाँ र बिक्री मूल्य १४१.७४ रुपैयाँ कायम गरेको हो। केन्द्रीय बैंकका अनुसार आज एक पाउण्डको खरिद मूल्य १६४.०१ रुपैयाँ र बिक्री मूल्य १६४.८४ रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्