नारायणगढ–मुग्लिङ सडकखण्डको पाँच ठाउँमा पहिरो काठमाडौं। अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डको पाँच ठाउँमा पहिरो गएको छ। पहिरोले गर्दा अहिले काठमाडौंबाट चितवन जाने आउने सवारी साधनको आवागमन रोकिएको छ। ट्राफिक प्रहरीका अनुसार नारायणगढ मुग्लिङ सडकखण्डको चौधकिलो, पाँचकिलो, चारकिलो, सेतिदोभान र घोप्टेभिर भन्ने स्थानमा पहिरो खसेको छ। अहिले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्