१४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति रासस। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८कम्पनीलाई साधारण शेयर(आइपिओ) बिक्रीको अनुमति दिएको छ। बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ। सो कम्पनीले रु६४ करोड ५०लाख बराबरको६४ लाख५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको हो। बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल रु१४ अर्ब३४ करोड २३लाख पच्चीसहजार एकसय बराबरको साधारण शेयर बिक्री हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्