अमेरिकामा १० महिनापछि बढ्यो रोजगारीको अवसर एजेन्सी। अमेरिकामा १० महिनापछि जुनमा रोजगारीको अवसर बढेको छ। त्यहाँका रोजगारदाताले कामदार राख्नुका साथै तलब बढाउन थालेका हुन्। समाचार संस्था रोयटर्सका अनुसार कोभिड–१९ को महामारीले थलिएको अमेरिकी रोजगार बजार लयमा फर्कन थालेको हो। यसबाट अमेरिकाको समग्र अर्थतन्त्र लयमा फर्किएको आँकलन गर्न थालिएको छ। कोरोनाको खोप लगाएपछि त्यहाँको अर्थतन्त्र चलायमान बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्