विभागले जारी गर्यो साढे १० वर्षमा करिब ६८ लाख थान पासपोर्ट
काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले पछिल्लो साँढे १० वर्षको अवधिमा कुल६७ लाख ७९ हजार ४५८ थान मेसनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गरेको छ। २०६७ पुस ११गतेबाट नेपालले हस्तालिखित राहदानी बन्द गरी एमआरपी जारी गर्न सुरु गरेको हो। त्यसयताको अवधिमा विभागले उक्त संख्यामा पासपोर्ट जारी गरेको हो। औषतमा विभागले प्रत्येक वर्ष करिब साढे ६ लाख पासपोर्ट जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्