टिभिएसको बाइक तथा स्कुटरमा ८ हजार बराबरको छुट
काठमाडौं। टिभिएसको ‘साथ छ हाम्रो’ योजना अन्तर्गत टिभिएसको कुनै पनि बाईक वा स्कुटर किन्दा ८ हजार रुपैयाँ बराबरको छुट पाइने भएको छ। यसैगरी कम्पनीले बाईक अथवा स्कुटर किस्तामा किन्न चाहने ग्राहकहरुले सीमित अवधिको लागि शून्य ब्याजदरको व्यवस्था गरेको छ। कम्पनीले बाईक तथा स्कुटरको प्रत्येक मोडलमा पाँच वर्षको वारेन्टी पनि दिने भएको छ।
प्रतिक्रिया दिनुहोस्