अडाणीको कम्पनीको सेयर मूल्य २.३४ लाख करोडले घट्यो
एजेन्सी। भारतका दोस्रा धनाड्य व्यक्ति गौतम अडाणीको कम्पनीको सेयर मूल्यमा २.३४ लाख करोडको गिरावट आएको छ। अडाणीले लगानी गरेको ट्रान्समिसन र ग्यास कम्पनीहरुको सेयर मूल्यमा ४५ प्रतिशतको गिरावट आएपछि उक्त रकम घटेको हो। अडाणी इन्टरप्राइजेज, अडाणी पोर्ट, अडाणी ग्रीन, अडाणी टोटल ग्यास र अडाणी पावर कम्पनी सबैको सेयर मूल्य घटेको हो।
प्रतिक्रिया दिनुहोस्