साउदी जाने नेपाली कामदारलाई ठूलो राहत : कामदारको संस्थागत क्वारेन्टिन खर्च रोजगारदाताले ब्यहोर्ने काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले ब्यहोर्ने भएको छ। साउदी सरकारले खोप नलगाई आउने कामदारलाई अनिवार्य एक साता क्वारेन्टिमा बस्नुपर्ने नियम बनाएको छ। यसरी बस्दा एक जना कामदार बराबर एक लाख ११ हजार रुपैयाँ खर्च लाग्ने भएपछि रियादस्थित नेपाली दूतावासले साउदी सरकारसँग क्वारिन्टनको खर्च तिनु नपर्ने व्यवस्था गर्न अनुरोध गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्