आईपीओ ल्याउँदै फुड डेलिभरी कम्पनी एजेन्सी। भारतीय फूड डेलिभरी गर्ने कम्पनी जोमाटोले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ। भारतीय सेयर बजारको नियामकले आईपीओको अनुमति दिएसँगै आईपीओ आउने निश्चित भएको हो। कम्पनीले ८ अर्ब २५ करोड भारुको आईपीओ ल्याउन लागेको छ। भारतीय सेयर बजारमा सूचीकरण हुन कम्पनीले गत वर्षदेखि नै तयारी थालेको थियो। तर, नियामकले अनुमति नदिएकाले आएको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्