बाढी पहिरोबाट घर गुमाएकाले अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार पाउने
काठमाडौं। प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका परिवारले अस्थायी बसोबासका लागि प्रबन्ध गर्न सरकारबाट तत्काल ५० हजार रुपैयाँ राहत पाउने भएका छन्। राष्ट्रियसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले भने, “योवर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक क्षति भएका ५७२ परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराइनेछ।”
प्रतिक्रिया दिनुहोस्