कुन-कुन बैंक कोषमा आबद्ध भएका छैनन्?
काठमाडौं। सामाजिक सुरक्षा कोष र बैंकका कर्मचारीबीचको विवाद सर्वोच्चसम्म पुगेको छ। २२वटा वाणिज्य बैंकहरु मिलेर सर्वोच्चमा कोष विरुद्ध मुद्धा दायर गरेका हुन्। कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई कोषमा आबद्ध हुनुनपर्ने व्यवस्था गरिएको छ। निजी क्षेत्रतर्फका स्ट्याण्डर्ड र लक्ष्मी बैंक यसअघि नै कोषमा आवद्ध भइसकेका छन्। देशका २७वटा वाणिज्य बैंकमध्ये पाँचवटाबाहेक अन्य बैंकका कर्मचारीले सर्वोच्चमा मद्धा दायर गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्