राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सव–इन्जिनियरले लिए ३० हजार घुस
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले पासवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। कार्यालयले पासवानलाई आयोगलाई बुझाएको हो। भूकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको थियो।
प्रतिक्रिया दिनुहोस्