अर्थतन्त्र पुनरुत्थान गर्ने मौद्रीक नीति ल्याउनुपर्ने
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रीक नीतिको विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। महासंघका प्रतिनिधिले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रीक नीतिले समेट्नुपर्ने विषयमा सुझाव दिएको हो। कोभिड–१९ बाट थलिएको अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रीक नीति ल्याउनुपर्ने महासंघको भनाई छ। यसैगरी भिजन २०३० लाई पनि समेट्नुपर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्