भारतका १६ राज्यमा पेट्रोलको मूल्य १०० भारु नाघ्यो
एजेन्सी। भारतका १६ वटा राज्यमा पेट्रोलको मूल्यले १०० भारु पार गरेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा भारतमा त्यसको प्रत्यक्ष असर परेको हो। यसैगरी भारतका तीन वटा राज्यमा डिजेलको भाउ १०० भारुभन्दा माथि पुगेको छ। भारतमा चर्को कर प्रणालीले गर्दा तेलको मूल्य यति धेरै महँगो बनेको हो।
प्रतिक्रिया दिनुहोस्