केन्द्रीय प्रशारण लाइन आएको पाँच महिनामै क्षति रासस। केन्द्रीय विद्युत प्रशारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत सेवामा बाढीपहिरोले क्षति पुर्याएको छ। यही असारको सुरुवातदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३केभी प्रशारण लाइनमा क्षति पुगेको हो। बाढीपहिरोले प्रशारण लाइनमा ८०लाख रुपैंयाँ बराबरको क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले जनाएको छ। बाढीपहिरोमा बिजुलीको पोल र तार पुरिनुका साथै बाढीले बगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्