१५ अर्बको विकस ऋणपत्र बिक्री गर्दै राष्ट्रबैंक काठमाडौं।नेपाल राष्ट्र बैंकले असार २२ गते १५ अर्ब रुपैयाँ बराबरको पाँच वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ।सरकारलाई आवश्यक रकम जुटाउनका लागि केन्द्रीय बैंकले उक्त ऋणपत्र जारी गर्न लागेको हो।बैंकले प्रतिस्पर्धी खरिदकर्ताका लागि ८५ प्रतिशत र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ।असार २३ गते निष्कासन हुने ऋणपत्रका लागि इच्छुक लगानीकर्ताले असार २२ गतेझसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेस गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्